पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले घरायसी विवादका क्रमम पुस २९ गते बेलुका भरुवा बन्दुकले गोली हानी हत्या गरेपछि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी सुगन्ध श्रेष्ठले बताउनु भयो ।
पत्नीलाई गाली हानेर हत्या गरेपछि भाग्ने क्रममा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले भनाइ छ । शवको पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएकोे छ ।
शेरबहादुर भण्डारी
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितहरू गिरफ्तार
कलैया उपमहानगरपालिक-१ बैंक रोड स्थित नव जन्म सुधार केन्द्रमा रहेका कलैया उपमहानगरपालिक-९ का ३२ वर्षीय धिरेन्द्र मण्डल भनिने प्रदिप मण्डलको हत्या गरेको आरोपमा प्रहरीले सुधार केन्द्रका सञ्चालक सहित १० जनालाई…
हत्या घटनाका आरोपित पति गिरफ्तार
शम्भुनाथ नगरपालिका-२ की २२ वर्षीया गायत्रीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका पति २६ वर्षीय सन्तोष साहलाई ०८१ फागुन १ गते गिरफ्तार गरेको छ । हत्या गरी फरार रहेका आरोपितलाई…
प्रदेश खाद्य परिषद् गठनको माग गर्दै कृषि मन्त्रीलाई ज्ञापन पत्र
कर्णाली प्रदेशमा खाद्य परिषद् गठनको माग गर्दै नागरिक समाज संस्थाहरुले फागुन ०१ गते गते कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।…
गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड
रोहिणी गाउँपालिका–३, लक्ष्मीनगरस्थित घरभइ रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा फागुन १ गते राति तोडफोड भएको छ । अपरिचित व्यक्तिले फागुन १ गते राति घरमा पार्किङ गरेर राखेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले फागुन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितलाे माघ ३० गते बलात्कार गरेको भन्दै…