पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७४ फागुन ८ गते

प्यूठान नपा-१ की २३ वर्षीया बागेश्वरी सार्कीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय गिरबहादुर सार्कीलाई फागुन ७ गते गिरफ्तार गरेको छ ।

बागेश्वरीलाई आरोपितले फागुन ६ गते राति कुटपिट गरी हत्या गरेपछि घरबाट भाग्दै गरेको अवस्थामा प्यूठान नपाको चेरनेटाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र पोख्रेलले बताए ।

मृतकको शरीरभर निलडाम र चोट रहेकाले कुटपिटबाट हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । पीडितका आफन्तले फागुन ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पतिले पहिलेदेखि पटकपटक पत्नीलाई कुटपिट गर्ने गरेको स्थानीयबासीले बताए । शवको पोष्टमार्टम फागुन ७ गते जिल्ला अस्पताल बिजुवारमा भएको प्रहरीले जनाएको छ ।


रविन्द्र पाण्डे