पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०८१ असोज २३ गते   

दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको छ ।

घरयासी विवादका क्रममा पीडितलाई आरोपितले वैशाख १९ गते कुटपिटबाट पत्नीको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।

स्थानीयले दिएको सूचनाका आधारमा घटनाको अनुसन्धान गर्दा डोल्मालाई पतिले कुटपिट गरी हत्या गरेको खुल्न आएको प्रहरी वृत्त कीर्तिपुरका इन्स्पेक्टर हिक्मत थापाले जानकारी दिनु भयो ।


पार्वती साउद