पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०८१ साउन ३१ गते

कैलाश गाउँपालिका-५ कालीखोलाकी २० वर्षीया लक्ष्मी पाख्रिनलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय पति मङ्गलबहादुर पाख्रिनलाई साउन २९ गते गिरफ्तार गरेको छ । घरायसी झगडा हुँदा पीडितलाई आरोपितले साउन २८ गते साँझ बन्चरो प्रहार गरी हत्या गरेको आरोप छ ।

घटनस्थलमै मृत्यु भएपछि शवलाई बन्चरो प्रहार गरी ११ ओटा टुक्रा पारेर दुई ओटा बोरामा हालेर कालीखोलास्थित सामुदायिक वनमा खाल्डो खनी गाडेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सिताराम रिजालले बताउनु भयो ।

कपडाहरू शव गाडेको स्थान भन्दा केही अगाडि बोरामा हाली खाल्डो खनी गाडेको अवस्थामा प्रहरीले फेला पारेको एसपी रिजालले बताउनु भयो ।
गाडेको शव, घटनामा प्रयोग भएको हतियार बन्चरो र कपडाहरु समेत खाल्डोबाट निकाली पाख्रिनलाई साउन २९ गते गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ ।


पुष्पराज अधिकारी