पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०८० चैत १३ गते

बर्दियाको बाँसगढी नगरपालिका-४ घरभई हाल कोहलपुर नगरपालिका-१४, पार्वतीपुरमा बस्ने २१ वर्षीया पत्नी शुसीला सुनारको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा सोही ठाउँका २२ वर्षीय अनिल विकलाई प्रहरीले ०८० चैत १३ गते गिरफ्तार गरेको छ ।

आरोपित विक विरुद्ध पीडित पक्षले चैत १३ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएको थियो ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका इन्स्पेक्टर देवराज भट्टराईका अनुसार आपसी विवादका क्रममा विकले चैत १२ गते राति धारिलो हतियार प्रयोग गरी पत्नी शुसीला सुनारलाई कुटपिट गरेका थिए । उक्त कुटपिटबाट पीडित गम्भीर घाइते भएको उहाँले जानकारी दिनुभयो । घाइते सुनारको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा चैत १३ गते मृत्यु भएको थियो ।

शवको पोष्टमार्टम नेपालगञ्जस्थित भेरी अस्पतालमा भइरहेको छ ।

कोहलपुर नगरपालिका-१४ स्थित हेमपाइप फ्याक्ट्रीमा काम गर्दै आएका विकलाई गिरफ्तार गरी घटनाको थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर भट्टराईले इन्सेकलाई जानकारी दिनुभयो ।


ध्रुब राज शर्मा