पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
डिलाशैनी गाउँपालिका–७ धामीगाउँकी ६२ वर्षीया पत्नी पार्वती धामीलाई ०८० चैत ८ गते कोदालोले प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६२ वर्षीय पति कृष्ण धामीलाई चैत ८ गते गिरफ्तार गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घर्यासी बिवादका कारण धामीले ५६ वर्षीया पत्नीको हत्या गरेका हुन् ।
आरोपित धामीले पत्नीलाई कोदालोले प्रहार गरी गम्भिर घाइते बनाएपछि धामीकै घरमा डेरा गरी बस्ने डिलाशैनी गाउँपालिकाका कर्मचारी २९ वर्षीय सुबास कलौनी र सोही गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्टले घटनाको विरोध गरेका थिए ।
घटनाको विरोध गरेको भन्दै धमीले डिल्लाशैनी गाउँपालिकाका कर्मचारी कलौनी र भट्टलाई कोदालोले प्रहार गरी गम्भिर घाइते समेत बनाएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर नन्दराज जोशीले बताउनु भयो ।
कोदालो प्रहारबाट गम्भिर घाइते हुनुभएकी पार्वतकीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको र गम्भिर घाइते भएका कर्मचारी कलौनी र भट्टको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको इन्स्पेक्टर जोशीले बताउनु भयो ।
शवको पोष्टमार्टम ०८० चैत ९ गते गोकुलेश्वर अस्पतालमा गरी आफन्तले दाहसस्कार गरेको र घटनामा संलग्न धामीलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर जोशीले बताउनु भयो ।
नरी बडु
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…