पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  २०८० फागुन २७

सिद्धिचरण नगरपालिका-२ की ३४ वर्षीया कमला सार्कीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३६ वर्षीय पति ओमकुमार सार्कीलाई गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले ०८० फागुन २६ गते कमला सार्कीलार्ई कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप छ ।

माइती पक्षले आरोपितविरूद्ध फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई फागुन २६ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बालिस्टार सिंहले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा फागुन २७ गते गरिएको छ ।


सरस्वती बानियाँ