पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
देवदह नगरपालिका-६ की ३६ वर्षीया हुमा खत्रीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उनका पति सशस्त्र प्रहरी बल नेपाल, बोडर्र आउट पोष्ट मतिअर्वा बारामा कार्यरत असई केहरसिंह खत्रीलाई पुस २६ गते आरोपितको घरैबाट गिरफ्तार गरेको छ ।
आरोपितले पीडित महिलालाई मङ्सिर २६ गते घरको छतमा लुगा सुकाउँदै गरेको अवस्थामा पछाडीबाट फलामको रडले हिर्काएर घाइते बनाएको र घाइते महिलाको क्रिमसन अस्पताल मणिग्राममा उपचारका क्रममा पुस २५ गते राति २९ औँ दिनका दिन मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पवनकुमार भट्टराईले बताए ।
आरोपितविरूद्ध पुस २६ गते पीडितकी छोरीले ज्यान मार्ने उद्योगसम्बन्धी उजुरी दिएकी थिइन् । पीडितको मृत्यु भएपछि आरोपितविरूद्ध पुस २६ गते कर्तव्य ज्यानसम्बन्धी उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।
आरोपितको मानसिक सन्तुलन ठिक नभएको र थप उपचारका लागि लैजान भन्दै मङ्सिर २२ गते निजले कार्यरत रहेको सशस्त्र प्रहरी बल बाराले आरोपितको पत्नीलाई बोलाएर मङ्सिर २३ गते घरमा पठाएको थियो ।
घरको कोठामा आराम गरेर बसेका पतिले एक्कासी टाउकोमा हानेर बेहोस भएकी महिलालाई छिमेकीको सहयोगमा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पुर्याइएको थियो ।
अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि क्रिमशन अस्पताल मणिग्रामको आइसीयु कक्षमा राखेर उपचार भइरहेको थियो ।
आरोपितलाई मानसिक रोगको औषधि खाने गरेको भने पनि उनी मानसिक रोग भएको पुष्टि हुने डाक्टरको रिपोर्ट नभएको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टम पुस २६ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरी परिवारलाई बुझाएको प्रहरीले जनाएको छ ।
रीमा बि.सी
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…