पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
सिद्धिचरण नगरपालिका-५ विप्लाटेकी ३८ वर्षीया किमु शेर्पाको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति काजी शेर्पालाई गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले ०८० फागुन ११ गते किमु शेर्पालाई मरणासन्न हुने गरी कुटपिट गरेको र पीडितको उपचारका क्रममा फागुन १२ गते ओखलढुङ्गा सामुदायिक अस्पताल, सोब्रूमामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विकास राईले बताउनु भयो ।
कुटपिट गरी हत्या गरेको आरोपमा माइती पक्षले फागुन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई फागुन १२ गते घरबाटै गिरफ्तार गरेको इन्स्पेक्टर राईले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा फागुन १२ गते गरिएको छ ।
पीडित पक्षले फागुन १२ गते शव बुझी सिद्धिचरण नगरपालिका-५ मा लामा संस्कार अनुसार सद्गत गरेको छ ।
सरस्वती बानियाँ
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…