पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
सुनकोशी गाउँपालिका-५, सुनखानी की ५० वर्षीया डोल्मा तमाङलाई हत्या गरेको आरोपमा सोही ठाउँका पती ५१ वर्षीय सोमबहादुर तमाङलाई प्रहरीले ०८० माघ १३ गते गिरफ्तार गरेको छ ।
आरोपित तमाङले पुस ९ गते बिहान घाँस काट्न जाने भनेर पत्नीलाई स्थानीय जङ्गलमा लगेर खुकुरी प्रहार गरी हत्या गरेको भन्दै पीडित पक्षले माघ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
जङ्गलमा घाँस काट्न जाँदा जङ्गली जनावरले आक्रमण गरी मारेको भनि आरोपित तमाङले गाउँमा हल्ला गरेपछि स्थानीय तथा आफन्तले पुस १० गते आफ्नो रीति अनुसार दाहसंस्कार गरेका थिए ।
पीडितको पोष्टमार्टम पुस १० गते चौतारा अस्पतालमा भयो । पोष्टमार्टमको रिपोर्टमा धारिलो हतियार प्रयोग भएको चिकित्सकले भनेपछि पतिले हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराइले इन्सेकलाई जानकारी दिनुभयो ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
अपाङ्गमैत्री संरचनाको अभावका कारण सास्ती खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिको गुनासो
राज्यले निर्माण गर्ने संरचनाहरु आपाङ्मैत्री नहुँदा र आपाङ्गता भएका व्यक्तिहरु राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरेकोले अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती खेप्नुपरेको छ । राज्यबाट आफूहरू अपहेलनामा परेको अपाङ्गता भएका व्यक्तिहरुले…
डायलासिस सेवा सञ्चालन नगरिदा बिरामीलाई सास्ती
सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा नआउँदा बिरामीले सास्ती भोग्नु परेको छ । मृर्गौला रोगबाट पीडित बिरामीका लागि अस्पतालले दुई वर्ष पहिले उपकरण खरिद गरेको…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१६ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिरहा जिल्ला, सखुवानान्कारकट्टी-५ स्थायी घर भइ लिम्चुङबुङ गाउँपालिका-३ बाराहामा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय अमितकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको…
द्वन्द्वकालमा यातना पाएकाले मानसिक समस्याको औषधि नियमित सेवन गर्दै
सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट…
एम्बुलेन्स चालकमाथि कुटपिट
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि कुटपिट गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते कुटपिट गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी गाउँपालिका-६ का…