पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

हुप्सेकोट गाउँपालिका –६ बस्ने ३४ वर्षीया चनिसरा लम्का मगरलाई  धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा  ३३ वर्षीय पति शेर बहादुर लम्का मगरलाई प्रहरीले माघ ७ गते गिरफ्तार गरेको छ ।

गर्भवती समेत रहनुभएकी चनिसरा लम्का मगरलाई  सुतिरहेको अवस्थामा माघ ७ गते राति धारिलो हतियार कोदालो र खुर्पाले प्रहार गरि हत्या गरेको नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताउनुभयो ।

परिवारमा पति पत्नी सहित चारजना  छोरीहरू रहेको र राति सबै सँगै सुतेको अवस्थामा घटना भएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

शवको पोष्टमार्टम माघ ७ गते मध्यबिन्दु अस्पतालमा गरिएको छ ।


ज्ञानु पंगेनी