पत्नी हत्या घटनाका आरोपित पतिविरुद्ध उजुरी
वीरगंज महानगरपालिका–१४ बहुअरीकी ३५ वर्षीया महिमा खातुनको हत्या गरेको आरोपमा ४७ वर्षीय पति इजहारुल अन्सारीविरुद्ध पीडित पक्षले ०८० कात्तिक ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।
सोही घटनामा संलग्न रहेको आरोपमा इजहारुल अन्सारीकी ४० वर्षीया जेठी पत्नी नुजाहन खातुन, ६५ वर्षीय ससुरा हचकरिम अन्सारी र ६० वर्षीया सासुविरुद्ध समेत पीडित पक्षले उजुरी दिनु भएको छ ।
आरोपित पतिले ०८० कात्तिक ४ गते राति ९ बजे कान्छी पत्नी महिमा खातुनमाथि धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएको थियो । उनको वीरगंज हेल्थ केयरमा उपचारको क्रममा ०८० कात्तिक ५ गते बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ध्रुव कुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।
घटना बारे अनुसन्धान भइरहेकोले थप विवरण पछि पत्रकार सम्मेलन गरेर जानकारी गराइने डिएसपी श्रेष्ठले बताउनु भयो । मृतकको शव पोष्टमार्टमको लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिएको उहाँले बताउनु भयो ।
आरोपति पति फरार रहेको प्रहरीले जनाएको छ । घटनामा सलंगन इजहारुलको जेठी पत्नी नुर जहान खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक महिमा इजहारुलका कान्छि पत्नी हुन् । जेठी पत्नीबाट सन्तान नभएपछि इजहारुलले बाराको कलैया घुसुकपुरुवा की मृतक महिमासंग विवाह गरेका थिए । महिमाको एक ओटा तीन वर्षीया छोरी र एक ओटा एक वर्षीय छोरा रहेका छन् ।
वीरगंज कै राधेमाईस्थित व्युटीपार्लर संचालन गर्दै आएकी मृतक महिमा केही समय अगाडि पति इजहारुलविरुद्ध अदालतमा अंशको मुद्दा दिएकी थिइन् । मुद्दा हाल विचारधिन अवस्थामा रहेको उनका आफन्तले बताउनु भएको छ ।
शम्भुकुमार सुमन
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…