पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
इनरूवा नगरपालिका-३ की २३ वर्षीया निकिता चौधरीको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति नागेन्द्र भगतलाई भदौ ३१ गते गिरफ्तार गरेको छ ।
दाइजो कम ल्याएको आरोपमा २३ वर्षीया दिदीको ०८० भदौ ३१ गते नागेन्द्र भगतले घाँटी थिचेर हत्या गरेको मृतकका २१ वर्षीय भाइ राकेश चौधरीले बताउनु भयो ।
आरोपित नागेन्द्रसँग दिदीको ०७८ मङ्सिर महिनामा मागी विवाह गरिदिएको र विवाहको बेला नगद ३५ लाख रुपियाँ, १० तोला सुन र ८० तोला चाँदी दाइजो दिएको मृतकका भाइ राकेशले बताउनु भयो ।
दाइजो कम भएको भन्दै आरोपितले हत्या गरेको आरोपमा पीडित पक्षले भदौ ३१ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको एसपी विपिन रेग्मीले बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा शव हेर्दा शरीरभरी निलडाम देेखिएको र टाउकोमा रगत देखिएकाले घटना शङ्कास्पद भएको एसपी रेग्मीले बताउनु भयो ।
शव पोष्टमार्टमका लागि कोशी अस्पताल, विराटनगरको शव गृहमा राखिएको छ ।
शवको पोष्टमार्टम असोज १ गते गरिने तयारी गरिएको मृतकका भाई राकेश चौधरीले बताउनु भएको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…