पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०८० भदौ ३ गते

पाँचखाल नगरपालिका-१२ की २६ वर्षीया कुमारी माझीको घरायसी विवादमा कुटपिट गरी हत्या गरेको आरोपमा पति ३६ वर्षीय हरि माझीलाई प्रहरीले ०८० भदौ ३ गते गिरफ्तार गरेको छ ।

आरोपित माझीविरूद्ध पीडित पक्षले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार आरोपितले भदौ २ गते महिलालाई घरायसी विवाद हुँदा चिर्पट प्रहार गरी कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएको उहाँले जानकारी दिनुभयो ।

घाइते महिलालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा भदौ ३ गते मृत्यु भएको हो ।

शवको पोष्टमार्टम सोही दिन धुलिखेल अस्पतालमा भयो ।


समित्रा आचार्य