पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नगरपालिका–५ मैबल हटिया स्थायी घर भई हाल व्यास नगरपालिका–४ मा डेरा गरि बस्दै आएकी २२ वर्षीया रंगिला भुजेलको हत्या गरेको आरोपमा २१ वर्षीय पति मनोज बिष्टलाई प्रहरीले जेठ ३० गते राती गिरफ्तार गरेको छ ।
विष्टले जेठ २६ गते राती पत्नी रंगिला भुजेलको धारिलो हतियार प्रयोग गरि हत्या गरेर बोरामा पोको पारेर फालेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अवदेश विष्टले जानकारी दिनु भयो ।
व्यास नपा–४ स्थित गुरुङ च्यानडाँडामा जेठ ३० गते विहान बोेरा भित्र पोको पारेर फालेको अवस्थामा रंगिलाको शव भेटिएको थियो ।
मृतकका बुवा मनबहादुर भुजेलले जेठ २८ गते छोरी हराएको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनु भएको थियो । सोही निवेदनको आधारमा प्रहरीले शव माइती परिवारलाई देखाएपछि पहिचान भएको थियो ।
आरोपित विष्टलाई तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको एसपी विष्टले बताउनु भयो ।
शवको जेठ ३० गते दमौली अस्पतालमा पोष्टमार्टम गरि जेठ ३१ गते माइती पक्षलाई जिम्मा लगाइएको एसपी विष्टले जानकारी दिनु भयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…