पत्नी हत्या घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
बेलबारी नगरपालिका–१ नक्सालबारीकी ५३ वर्षीया देवी महतलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पीडित पक्षले ५७ वर्षीय पति हेमकर्ण महतविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।
फागुन २२ गते बेलबारी नगरपालिका–१ नक्सालबारीमा आफन्तको विवाहमा निम्तो मान्न जाने क्रममा कान्छी पत्नी आएको थाहा पाएर जेठी पत्नीले रोकपछि विवादका क्रममा खुकुरी प्रहार गरी आमाको हत्या गरेको पीडितका छोरा पदमबहादुर महतले बताउनु भयो ।
आमाको हत्या गरेको आरोपमा बाबुविरुद्ध फागुन २५ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको पदमबहादुरले बताउनु भयो ।
पीडित पक्षले प्रहरीमा उजुरी दिए लगत्तै आरोपित फरार भएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टिकाबहादुर कार्कीले बताउनु भयो ।
०७७ सालमा बाबुले कान्छी पत्नी मञ्जुलाई विवाह गरी ल्याएको पदमबहादुरको भनाइ छ ।
शवको पोष्टमार्टम फागुन २६ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा गरिएको छ ।
पीडित पक्षले सोही दिन शव बुझी बेलबारी नगरपालिका–१ स्थित खोलामा सद्गत गरेको छ ।
विनोद सुवेदी
सम्बन्धित समाचारहरू
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…