पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
पञ्चपुरी नगरपालिका–३ तोक्माकी ३० वर्षीया पत्नी मीना आलेको घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति अम्मर आले मगरलाई मङ्सिर २० गते गिरफ्तार गरेको छ ।
मीना आलेको घाँटी काटी टाउको प्लाष्टिकको थैलोमाबोकेर भाग्दै गरेको अवस्थामा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो ।
इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको तीनजनाको प्रहरी टोलीले सोहीठाउँको पलैटे स्वास्थ्यचौकी पछाडिबाट आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट १३ जनाको प्रहरी टोली खटिएको छ । घटनाको कारण भने खुल्नबाँकी रहेको प्रहरीले जनाएको छ ।
आले मगरलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी पदमबहादुर विष्टले जानकारी दिनु भयो ।
प्रभाकुमारी रावत
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…