पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
राजबिराज नपा–१ चनौरा पडरियाकी ४० वर्षीया गीता रजकको हत्या आरोपमा प्रहरीले ५२ वर्षीय पति भैयालाल भनिने हिरालाल रजकलाई मङ्सिर १० गते गिरफ्तार गरेको छ ।
राजविराज नपा–१ स्थित प्राङ्गरिक मल बनाउने निर्माणाधिन खुल्ला भवनको प्यासेजभित्र गीताको टाउको तथा निधारमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा मङ्सिर १० गते शव फेला परेको थियो ।
उनीहरु राजबिराज नपा–१ रामपुर टोल घर भई सोही वडाको पडरिया टोलस्थित दिपेन्द्र यादवको घरमा डेरा गरी बसेका थिए । शवको पोष्टमार्टम मङ्सिर १० गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको छ ।
मृतकका बुवा गजानन्द रजकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिनु भएको किटानी उजुरीका आधारमा आरोपित हिरालाललाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी अविनारायण काफ्लेले बताउनु भयो । पीडित पक्षले दिएको उजुरी दर्ता गरी थप अनुसन्धान थालिएको एसपी काफ्लेले बताउनु भयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…