पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कावासोती नपा-१२ पिठौली निवासी ४७ वर्षीया उमाकुमारी सार्कीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५१ वर्षीय पति धनबहादुर सार्कीलाई गिरफ्तार गरेको छ ।

पीडित महिलालाई साउन २७ गते बिहान २:३० बजेको समयमा दाउरा प्रहार गरी घरमै हत्या गरेको आरोप छ ।

सामान्य घरायसी विवादका कारण दुवै पक्षबिच भनाभन भएपछि आक्रोशमा आएका पतिले दाउराले टाउकोमा प्रहार गरि हत्या गरेको इलाका प्रहरी कार्यलय कावासोतीका इञ्चार्ज सई प्रकाश सिङ्खडाले जानकारी दिए । शवको पोष्टमार्टम देवचुली नपास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न भएको छ ।


नारायण पराजुली