पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७९ असोज २ गते

कलैया उपमहानगरपालिका–७ रङ्गपुरकी ५० वर्षीया तेतरीदेवी यादवलाई को भदौ ३० गते धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति शिवनारायण यादवलाई सोही दिन घरबाट गिरफ्तार गरेको छ ।

शिवनारायण र २४ वर्षीय सौतेनी छोरा नवलकिशोर यादवले घरायसी विवाद भइरहँदा हँसिया प्रहार गरी हत्या गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ ३१ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकाजी थापाले बताउनु भयो ।

इन्स्पेक्टर थापाले घटनाका आरोपित नवलकिशोर यादव ‘फरार’ रहेकाले खोजतलास गर्न प्रहरी परिचालन गरिएको बताउनु भयो ।

शवको पोष्टमार्टम प्रदेशिक अस्पताल कलैयामा गरिएको अस्पतालका सूचना अधिकारी कविन्द्रकुमार यादवले बताउनु भयो ।

शवको पोष्टमार्टम गरी नेपाल प्रहरीको समन्वयमा मृतकका घर परिवारलाई शव बुझाइएको उहाँले जानकारी दिनु भयो ।


भोलानाथ पौडेल