पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७९ भदौ ८ गते

इनरूवा नगरपालिका–४ की २३ वर्षीया अनितादेवी खत्वेको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति विनोदकुमार खत्वेलाई घटना भएको पाँच वर्षपछि भदौ ६ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले ०७४ जेठ ४ गते राती पत्नीको हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पत्नी हत्या घटना लगत्तै फरार भएका आरोपितलाई विशेष सूचनाका आधारमा भदौ ६ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले बताउनु भयो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा भदौ ६ गते दश दिनको म्याद लिएर अनुसन्धान थालेको डिएसपी राईले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा ०७४ जेठ ५ गते गरिएको थियो ।

सोही दिन पीडित पक्षले शव बुझी इनरूवा नगरपालिका–४ स्थित सुनसरी खोलामा सद्गत गरेको थियो ।


जयकृष्ण यादव