पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७९ साउन १४ गते

कञ्चन गाँउपालिका–१ डेलरकी ३१ वर्षीया सावित्री थापा क्षेत्रीको हत्या गरेको आरोपमा प्रहरीले मृतकका पति ३५ वर्षीय यमबहादुर थापालाई साउन १२ गते गिरफ्तार गरेको छ ।

पत्नीलाई आरोपितले आफूलाई जानकारी नदिई १ हजार रूपियाँ खल्तीबाट निकालेको निहुँमा साउन ११ गते  कुटपिट गर्दा मृत्यु भएको मृतककी बहिनी रबिना क्षेत्रीले बताउनु भयो ।

पत्नीलाई आरोपितले कपालमा समातरेर  खाटको खुट्टा र भित्तामा टाउको ठोकाएर हत्या गरेको भन्दै रबिनाले  साउन १२ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएको इन्सपेक्टर जगन्नाथ मरासिनीले बताउनु भयो ।

इन्सपेक्टर मरासिनीले  मृतकको टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्राहरू र कोठामा रगतका छिटाहरू देखिएको र शरीरका विभिन्न भागमा निलडामहरू समेत देखिएको बताउनु भयो ।

श्वको पोष्टमार्टम साउन १२ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरी परिवारलाई बुझाइएको छ ।


रीमा बिसी