पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
चिशंखुगढी गाउँपालिका–४ की ३४ वर्षीया लाक्पा पुटी शेर्पालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति प्रेम नुरी शेर्पालाई साउन १० गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले साउन ७ गते मरणासन्न हुने गरी कुटपिट गरेको र पत्नी बारीबाट फर्कने क्रममा भिरबाट लडी घाइते भएको भनि ओखलढुङ्गा सामुदायिक अस्पताल सोब्रुमा ल्याइ उपचार गराउने क्रममा साउन ९ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुकदेव खनालले बताउनु भयो ।
प्रहरी समक्ष बयानमा आरोपित शेर्पाले घरायसी विवादका क्रममा आफूले आवेगमा आएर पत्नीलाई लात्ती, मुड्की, काठको दाबिलोले पेट, टाउको र शरीरको विभिन्न भागमा कुटपिट गर्दा घाइते भएको र पछि उपचारको क्रममा ज्यान गएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
कुटपिट गरी हत्या गरेको आरोपमा माइती पक्षले साउन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई साउन १० गते घरबाटै गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा साउन ९ गते गरिएको छ ।
पीडित पक्षले साउन १० गते शव बुझी चिशंखुगढी गाउँपालिका–४ मा लामा संस्कार अनुसार सद्गत गरेको छ ।
सरस्वती बानिया
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…