पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
पूर्वखोला गाउँपालिका-५ जोगीढुङ्गाकी ४० वर्षीया सुकमाया परियारलाई कोदालो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति रनवीर दमाईलाई साउन २१ गते गिरफ्तार गरेको छ ।
आरोपितले साउन २० गते राति पत्नीको हत्या गरेको खबर आएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अवधकिशोर ओझाले जानकारी दिए ।
रनवीरले यसअघि पनि दैनिकजसो मदिरा सेवन गरेर पत्नीलाई कुटपिट गर्ने गरेको छिमेकीले आरोप लगाएका छन् । मृतकको शवको पोष्टमार्टम जिल्ला अस्पताल पाल्पामा साउन २१ गते गरिएको छ ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…