पत्नी हत्या कसुरमा जन्मकैदको फैसला
सन्धिखर्क नगरपालिका–७ न्यूखोलाकी ३१ वर्षीया सिता बिकको हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले चैत २२ गते मृतकका पति ३१ वर्षीय बिष्णुबहादुर बिकलाई जन्म कैद गर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश बासुदेब न्यौपानेको इजलासले कसुर ठहर गर्दै जन्म कैद र पीडित राहत कोषमा २ सय रूपियाँ भराउने फैसला गरेको जिल्ला अदालतका नासु रामप्रसाद आचार्यले बताउनु भयो ।
सितालाई आरोपितले ०७८ असोज १२ गते साँझको समयमा घरयासी विवाद हुँदा चिरपट प्रहारबाट हत्या गरेको थियो ।
मृतकका माइती पक्षले आरोपित विरूद्ध असोज १३ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।
जिल्ला अदालतले असोज १४ गते र आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
शव पोष्टमार्टम असोज १३ गते जिल्ला अस्पताल अर्घाखाँचीमा गरिएको थियो ।
कूलबहादुर नेपाली
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…