पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
फाल्गुनन्द गाँउपालिका–३ की ३९ वर्षीया निशा थेबेलाइ कुटपिटपछि घाँटीमा थिची हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति दिलिप नेम्बाङलाइ चैत ४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।
चैत ३ गतेदेखि सम्पर्कविहीन भएको भनी जिल्ला प्रहरी कार्यालय पाँचथरमा चैत ४ गते ५ बजेको समयमा जानकारी प्राप्त भएपछि खोजतलास र अनुसन्धान गर्ने क्रममा घरबाट अन्दाजी ५ सय मिटर पर सार्की खोल्साको ढुङ्गाको ओडारमा सुकेको पत्करले छोपी राखेको अवस्थामा भेटिएको प्रहरीले जनायो ।
चैत ३ गते नै आरोपितलाई गिरफ्तार गरी सोधपुछ गर्दा चैत ३ गते बेलुकी अन्दाजी ९ बजे घरायसी विवाद हुँदा कुटपिट गरी घाँटी थिची मारेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टम जिल्ला अस्पताल पाँचथरमा गरिएको र पोष्टमार्टमपछि शव बुझेर फाल्गुनन्द गाँउपालिका–३ स्थित खोलामा लगी अन्तेष्टी गरिने मृतकका जेठाजु डिल्ली नेम्बाङले बताउनु भयो ।
सहमान विश्वकर्मा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…