पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७८ चैत ४ गते

बागलुङ नगरपालिका–१४ नमुनागाउँकी ४२ वर्षीया तिला नेपालीको हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति रत्नबहादुर नेपालीलाई चैत २ गते गिरफ्तार गरेको छ ।

मृतकलाई आरोपितले चैत २ गते ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या प्रयास गरेको भन्दै प्रहरीले आरोपितलाई सोही दिन घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर विजय भण्डारीले बताउनुभयो ।

आरोपितले पत्नीको हत्या प्रयास गरेको विषयमा स्थानीयले प्रहरीलाई खबर गरेपछि घाइतेको उद्धार गरी उपचारको लागि धौलागिरी अस्पताल बागलुङमा उपचारको लागि पठाएको इन्स्पेक्टर भण्डारीले बताउनुभयो ।

घाइतेको चैत ३ गते अस्पतालमा उपचारको क्रममा निधन भएपछि आरोपितविरुद्ध कर्तव्य ज्यान शीर्षक अन्तरगत मुद्दा दर्ता गरिने उहाँले जानकारी दिनुभयो ।

शवको पोष्टमार्टम चैत ३ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको छ ।


सिर्जना पन्त