पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
कर्जन्हा नपा–७ की २२ वर्षीया पुजा सिहंको हत्या गरेको आरोपमा २३ वर्षीय पति अमर राउतलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले फागुन २० गते गिरफ्तार गरेको छ ।
विदेशमा रहेका अमर र पुजाको फेसबुकबाट चिनजान भएर प्रेम भई माघ १३ गते कतारबाट फर्की माघ २७ गते काठमाडौँ भद्रकाली मन्दिरमा विवाह गरी कोठाभाडा लिएर बसेका थिए ।
घर परिवारलाई मनाउँछु भनी सिरहास्थित घर आएका अमर काठमाडौँ नफर्किएपछि उनलाई खोज्न पुजा फागुन १६ गते कर्जन्हा आएकी थिइन् ।
कर्जन्हा आई फोन गरी ‘म आएँ लिन आउ’ भनेपछि अमरले योजना बनाएर पुजालाई घर नलगि सोही वडाको कमला खोला छेउमा लगी फागुन १७ गते घाँटी थिची हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुभाष बुढाथोकीले बताउनु भयो ।
घर आएपछि अमरको विवाह फागुन १९ गतेका लागि तय भएको र विवाह भाँडिने डरले हत्या गरेको डिएसपी बुढाथोकीले बताउनु भयो ।
बहिनीको हत्या भएको जानकारी पाएर इलाका प्रहरी कार्यालय मिर्चैयामा आरोपितहरूविरुद्ध फागुन १९ गते उजुरी दिएको मृतकका दाजु मुकेश पोद्दारले बताउनु भयो ।
शवको पोष्टमार्टम लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा फागुन २० गते गरिएको छ ।
घटनाको प्रकृतिबाट हत्या देखिएकोले अनुसन्धान गरी अमरलाई गिरफ्तार गरेको र हत्या गर्न उनलाई सघाउने अन्य आरोपितहरू ‘फरार’ रहेकाले खोज तलास भइरहेको डिएसपी बुढाथोकीले बताउनु भयो ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २४ गते)
साउन २४ गते ५ सय ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २१ गते यौन…
बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार
१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ । ६…