पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७८ माघ २९ गते

बागलुङ नगरपालिका६ घर भइ हाल पर्वतको कुश्मा नगरपालिका४ डम्डारेखोला बस्ने ४१ वर्षीया सिता परियारको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय पति राजु परियारलाई गिरफ्तार गरेको छ ।

मृतकलाई आरोपितले माघ २८ गते मदिराको प्रभावमा कुटपिट गरी हसिया प्रहार गरेर हत्या गरेको आरोपमा प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी शिवराज बुढाथोकीले इन्सेक प्रतिनिधिलाई फोनमार्फत जानकारी दिनुभयो ।

आरोपितविरुद्ध मृतककी देउरानी खिमा परियारले जिल्ला प्रहरी कार्यालय पर्वतमा सोही दिन उजुरी दिएको उहाँले बताउनुभयो ।

मृतकको शवको पोष्टमार्टम माघ २८ गते जिल्ला अस्पताल पर्वतमा भयो ।


सन्तोष थापा