पत्नी हत्या घटनाका आरोपित विरुद्व उजुरी दर्ता
गोदावरी नरपालिका–९ बल्मीका ४० वर्षीया भावना रोक्का मगरलाई कुटपिट गरी हत्या गरेको आरोपमा ४२ वर्षीय पति परशुराम रोक्कामगर विरुद्व पीडित पक्षले माघ १० गते इलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिएका छन् ।
माघ ९ गते राती मदिरा सेवन गरी घरायसी विबाद भएपछि पत्निलाई कुटपिट गर्दा मृत्यु भएपछि आरोपित फरार रहेका इलाका प्रहरी कार्यालय, मालाखेतीका डिएसपी नवराज पोखरेलले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।
पतिपत्नी दुबै जनाले मदिरा सेवन गरेको अवस्थामा विवाद हुँदा पतिको कुटपिटबाट पत्निको हत्या भएको जानकारी स्थानीयले प्रहरीलाई दिएपछि प्रहरी टोली घटनास्थल पुगेको र आरोपित फरार रहेकाले जोखी कार्य भइरहेको डिएसपी पोखरेलले बताउनु भयो ।
शबको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा राखिएको डिएसपी पोखरेलले बताउनु भयो ।
मैनामोती चौधरी
सम्बन्धित समाचारहरू
पुनः मतदान मागको रिटमा उच्च अदालत विराटनगरद्वारा अल्पकालीन आदेश जारी
वैशाख ३० गते मतदान भइरहेको अवस्थामा पानी परेका कारण स्थगित भएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा स्थगित निर्वाचन पुनः नगराउन उच्च अदालत विराटनगरले जेठ ५ गते अल्पकालीन आदेश…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।…
कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित
कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७…