पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भरतपुर महानगरपालिका–२६ सुन्दरवस्तीकी २२ वर्षीया अम्बिका महतोको हत्या गरेको आरोपमा पति २५ वर्षीय साजन महतोलाई प्रहरीले पुस ७ गते गिरफ्तार गरेको छ ।
पीडित महिला आफ्नै घर छेउमा पुस ५ गते राती घाइते अवस्थामा फेला पारि आफन्तले उपचारको लागि भरतपुर अस्पताल लगेका थिए ।
पीडितको उपचारको क्रममा पुस ६ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो ।
घटनाको अनुसन्धानको क्रममा मृतकको शरीरमा लागेको घाउचोट र घटनास्थलको प्रकृति हेर्दा पीडित महिलाको हत्या भएको एकिन भएकाले आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतको आदेशमा हिरासतमा राखिएको डिएसपी अधिकारीले बताउनु भयो ।
शवको पोष्टमार्टम पुस ७ गते भरतपुर अस्पतालमा गरिएको छ ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
पुनः मतदान मागको रिटमा उच्च अदालत विराटनगरद्वारा अल्पकालीन आदेश जारी
वैशाख ३० गते मतदान भइरहेको अवस्थामा पानी परेका कारण स्थगित भएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा स्थगित निर्वाचन पुनः नगराउन उच्च अदालत विराटनगरले जेठ ५ गते अल्पकालीन आदेश…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।…
कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित
कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७…