पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भोजपुर केराबारी घर भई हाल सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा डेरा कोठामा बस्ने २५ वर्षीया मन्दिरा राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा पति २५ वर्षीय जीवन राईलाई प्रहरीले पुस ५ गते गिरफ्तार गरेको छ ।
पत्नीलाई पुस ४ गते राती कुटपिट गरी हत्या गरी कटुञ्जेस्थित आफन्तको कोठामा लुकेर बसेको अवस्थामा आरोपितलाई गिरफ्तार गरेको महानगरिय प्रहरी परिसर, भक्तपुरका डिएसपी राजु पाण्डेले बताउनु भयो ।
पति पत्नी दुवैले मदिरा सेवन गरेको अबस्थामा विवाद हुँदा पतिले कुटपिट गरेपछि गम्भीर घाइते भएकी पत्नीको रक्तश्रावका कारण मृत्यु भएको डिएसपी पाण्डेको भनाइ छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र आरोपितलाई पुस ५ गते जिल्ला अदालत पेस गरेकोमा अदातको आदेशमा पाँच दिनको म्याद लिई हिरासतमा पठाएको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।
शवको पोष्टमार्टमा केएमसी अस्पताल भक्तपुरमा पुस ५ गते गरियो ।
रमेश गिरी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…