पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७८ मङसिर १२ गते

लुम्बिनी सांस्कृतिक नगरपालिका–५ तेनुहवाकी २२ वर्षीया बन्दना पासीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय पति गणेश पासीलाई मङ्सिर ९ गते तेनुहवाबाट गिरफ्तार गरेको छ ।

बन्दनालाई आरोपितले कात्तिक २९ गते परपुरूषसँग फोनमा कुरा गरेको विषयलाई लिएर भएको विवादमा हात र लाठीले कुटपिट गरेर हत्या गरेको र अन्तिम संस्कारका लागि लैजाँदै गर्दा स्थानीयले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको थियो ।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले सोधपुछ गर्दा शङ्कास्पद रहेको र शरीरको पछाडीको भागमा १२ ठाँउमा  धारिलो बस्तुले काटेको जस्तो चोटपटक देखेपछि घटनाको मुचुल्का गरी शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएको प्रहरीले जनायो ।

16 days campaignNepali

घटनाका विषयमा मृतकका बुवा लुम्बिनी सांस्कृतिक नगरपालिका–९ सोनभर्साका ४५ वर्षीय राधेश्याम पासीले मङ्सिर ९ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा  उजुरी दिनु भएको थियो ।

घटनामा संलग्न लुम्बिनी सांस्कृतिक नपा–५का २५ वर्षीय राजु पासी फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा मृतकले लगाएको कपडा रगतले भिजेको, मोवाइल र चुराहरू फुटेर छरिएको, कोठामा रहेका समानहरू छरिएको अवस्थामा रहेको पाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेलले बताउनु भयो ।

शवको  पोष्टमार्टम मङ्सिर १ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरी सोही दिन मृतकका बुवालाई बुझाइएको थियो ।


रीमा बिसी