पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७८ कात्तिक ३ गते

४२ वर्षीया पत्नीको हत्या गरेको आरोपमा प्रहरीले कुमाख गाउँपालिका–५ तिमिले निवासी ४७ वर्षीय कविराम खड्कालाई कात्तिक २ गते घटनास्थलबाटै गिरफ्तार गरेको छ ।

कात्तिक २ गते राति घरमा सुतिरहेकी पत्नीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयो ।

आरोपितले मदिरा सेवन गर्ने गरेको र पटक–पटक पत्नीलाई कुटपिट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उहाँले बताउनुभयो ।

आरोपितलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको र शवको पोष्टमार्टम कात्तिक ३ गते सल्यान जिल्ला अस्पतालमा गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।


मिना बुढाथोकी