पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७८ साउन ४ गते

गौरादह नगरपालिका–१ की ३४ वर्षीया सङ्गीता टुडुलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति सजीलाल रिख्यासनलाई साउन ४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले घरायसी विवादका क्रममा ०७८ असार ३१ गते गौरादह नगरपालिका–१ स्थित उद्यम कृषि सहकारी संस्थाले खेतमा बनाएको टहरामा लगि कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पत्नीको हत्या गरी फरार भएका आरोपितलाई मोरङको रङ्गेली नगरपालिका–९ स्थित सखुवाथानमा लुकीछीपि बसेको अवस्थामा साउन ४ गते गिरफ्तार गरेको डिएसपी थापाले बताउनु भयो ।

शवको पोष्टमार्टम असार ३१ गते मेची अस्पताल भद्रपुरमा गरी सोही दिन पीडित पक्षलाई शव बुझाएको प्रहरीले जनाएको छ ।


नरेश खाती