पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७८ असार १० गते

बिहादी गाउँपालिका१ बाच्छाकी ३६ वर्षीया तारा नेपालीको हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति लालबहादुर सार्कीलाई गिरफ्तार गरेको छ ।

पत्नीलाई सार्कीले असार ४ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुने गरी कोदालोले कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएकी नेपालीको असार ७ गते दिउँसो घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

मृतकका भाई जीतबहादुर नेपालीले लालबहादुरको कुटाइबाट दिदीको मृत्यु भएको भन्दै आरोपितविरुद्ध असार ८ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएपछि आरोपितलाई असार ९ गते उनकै घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले आरोपितविरुद्ध असार ९ गते जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत पर्वतमा कर्तव्यज्यान कसुर शीर्षक अन्तरगत मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर विश्वराज अधिकारीले इन्सेक प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।

शवको पोष्टमार्टम असार ८ गते पर्वत अस्पतालमा भएको उहाँले जानकारी दिनुभयो ।


सन्तोष थापा