पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७८ असार ७ गते

घोराही उपमनपा– ३ की ४६ वर्षीया स्यानाकुमारी चौधरीलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पति ५७ वर्षीय मनकुलाल चौधरीलाई असार ३ गते गिरफ्तार गरेको छ ।

पत्नीलाई मनकुलालले असार २ गते घरायसी विवादमा बञ्चरो प्रहारबाट टाउकोमा चोट लागेको थियो । घाइतको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा असार ३ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले बताउनु भयो । घटनाका सम्बन्धमा मृतकपक्षले असार ३ गतेमा जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराएका छन् ।

शवको पोष्टमार्टम असार ४ गते  भेरी अस्पताल, नेपालगञ्ज गरिएको    छ ।


जयनारायण पुन