पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उमनपा-४ की ४३ वर्षीया गोमा पुनलाई हत्या गरेको आरोपमा प्रहरीले उनका ५३ वर्षीय पति दिलबहादुर पुनलाई जेठ १५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले मादक पदार्थ सेवन गरी जेठ ११ गते मरणासन्न हुनेगरी कुटपिट गरी घाइते बनाएकोमा पीडित महिलाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा जेठ १४ गते राति मृत्यु भएको थियो ।
टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी पुनको मृत्यु भएपछि गोमाकी आमा भिमि रानाले जेठ १५ गते इलाका प्रहरी कार्यालयमा ज्वाँइ विरुद्ध उजुरी दिएकी छन् ।
मृतकको शवको पोष्टमार्टम जेठ १५ गते राप्ती अञ्चल अस्पताल तुलसीपुरमा गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास…
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…