पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
आठराई गाउँपालिका–४ तीनसल्लेकी २८ वर्षीया बिन्दा पुरीको ०७६ फागुन २९ गते हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति काजीमान पुरीलाई वैशाख २ गते गिरफ्तार गरेको छ ।
पत्नी हत्याका लागि आरोपितले २४ वर्षीय भाई बालकृष्ण पुरी र ३१ वर्षीय सुरेन्द्र पुरीलाई प्रयोग गरेको अनुसन्धानका क्रममा खुलेपछि रोजगारीका लागि संयुक्त अरब इमिरेट्स(दुबई) मा रहेका आरोपित काजीमानलाई इन्टरपोल प्रहरीमार्फत रेड–नोटिस जारी गरी प्रहरी प्रधान कार्यालयसँग समन्वय गरेर गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम थापाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितको ०७६ फागुन २९ गते आठराई गाउँपालिका–४ स्थित भान्सा घरमा देवरहरूले खुकुरी प्रहार गरी हत्या गरेपछि प्रहरीले घटनामा संलग्न दाजुभाईलाई गिरफ्तार गरी कारबाही अघि बढाएको थियो ।
गिरफ्तारीमा परेका काजीमानविरूद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउने डिएसपी गौतमले बताउनु भयो ।
शवको पोष्टमार्टम ०७६ फागुन ३० गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान(घोपा) मा गरिएको थियो ।
भगिश्वर लिम्बू
सम्बन्धित समाचारहरू
इन्सेकद्वारा बाल सुधार गृहको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा रहेको बाल सुधार गृहको माघ १३ गते अनुगमन गरेको छ । गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलको नेतृत्वमा प्रलेख…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका प्रतिनिधि सभा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सांसद पद ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…