पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७७ चैत ९ गते

नवदुर्गा गाउँपालिका–५ ठाँटाकी २८ वर्षीया मनिषा साउदलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीय पति श्याम साउदलाई चैत ७ गते राति गिरफ्तार गरेको छ ।

पतिपत्नीबीच सामान्य घरायसी विवाद हुँदा पतिले चिरपटले हिर्काएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सई राजेन्द्रबहादुर चन्दले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।

शबको पोष्टमार्टम चैत ८ गते डडेल्धुरा अस्पतालमा गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सई चन्दले बताउनु भयो ।

मृतक मनिषाका एक छोरा र एक छोरी छन् ।


भूपेन्द्र विष्ट