पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
सूर्योदय नगरपालिका– ५ की १९ वर्षीया गीता तामाङको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति दिनेश तामाङलाई प्रहरीले फागुन ९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई घरायसी विवादका क्रममा आरोपितले फागुन २ गते दाउराले हिर्काएर हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा घटनालगत्तै फरार भएका आरोपितलाई सूर्योदय नगरपालिका– ५ स्थित सिद्धिखोला र मेच खोलाको दोभानमा पर्ने भारतीय सिमानाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी नविनराज राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
शवको पोष्टमार्टम फागुन ४ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी सोही दिन शव पीडित पक्षलाई बुझाएको एसपी राईले बताउनु भयो ।
कोकिला ढकाल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…