पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७३ चैत २० गते

भोजपुर नपा-११ आम्तेककी ३२ वर्षीया मुना मोक्तानलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति हर्क मोक्तानलाई चैत २० गते गिरफ्तार गरेको छ ।

चैत २० गते बिहान अबेरसम्म घरको ढोका नखुलेपछि छिमेकीले खोजी गर्दा हत्या भएको अवस्थामा स्थानीयबासीले मोक्तानको शव फेला पारेका थिए । उनीहरूले पछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए ।

आरोपितलाई भाग्दै गरेको अवस्थामा चैत २० गते सवा ५ बजे धनकुटामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी काजीकुमार आचार्यले जानकारी दिए । मृतकका पाँच जना छोराछोरी छन् । मृतकको शवको पोष्टमार्टम गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।


किरण राई