पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७७ माघ २८ गते

पर्वतको जलजला गाउँपालिका–४ की ३५ वर्षीया सन्तु दर्लामीको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति रामबहादुर नेपालीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

मृतकलाई आरोपितले माघ २७ गते दिउँसो साढे २ बजेको समयमा घर नजिकैको जङ्गलमा ढुङ्गाले टाउकोमा हानेर हत्या गरेपछि स्थानीय वारिवेनी प्रहरी चौकीमा आत्मसमर्पण गर्न पुगेका नेपालीलाई वारिवेनी प्रहरी चौकीले सोही दिन गिरफ्तार गरेको हो ।

दुवै जनाको सयुक्त नाममा रहेको जग्गाको विषयमा विवाद भएको र सोहि विवादका कारण आरोपितले पत्नीको हत्या गरेको उनले प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर मोहन खड्काले इन्सेक प्रतिनिधिलाई टेलिफोन मार्फत जानकारी दिनुभयो ।

प्रहरीले आरोपितविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पर्वत मार्फत कर्तव्य ज्यान शीर्षक अन्तरगत मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो ।

शवको पोष्टमार्टम माघ २७ गते पर्वत अस्पतालमा गरिएको छ ।


सन्तोष थापा