पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भक्तपुर नगरपालिका–६ सूर्य विनायककी २९ वर्षीया निरु कासिछ्वा (नागा) को हत्या गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले पति ३४ वर्षीय रोशन नागालाई कात्तिक १४ गते गिरफ्तार गरेको छ ।
निरुलाई रोशनले कुटपिट गरेको कारण मृत्यु भएको भन्दै कात्तिक १४ गते माइती पक्षले उजुरी दिएपछि नागालाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले बताउनुभयो ।
१२ वर्ष अघि प्रेम विवाह गरेकी निरुलाई रोशनले पटक/पटक कुटपिट गर्ने गरेको र पछिल्लो समय कात्तिक ३ गते कुटपिटबाट घाइते भएपछि उपचारको लागि इवामुरा मेमोरियल अस्पताल सल्लाघारी लगिएकोमा उपचारकै क्रममा निरुको कात्तिक १२ गते मृत्यु भएको पीडितका दाजु विकास कासिछवाले बताउनु भयो ।
उहाँले यस अघि पनि असोज १८ गते बिहानै बहिनी रुदै माइती आएर लोग्नेले पटक/पटक कुटपिट गरेको र रातभरी पनि कुटेर सहनै नसक्ने भइयो, पुलिसलाई रिपोर्ट दिनु पर्यो भनेपछि महानगरीय प्रहरी परिसर भक्तपुरमा सोही दिन उजुरी दिएको जानकारी दिनु भयो ।
एसपी थापाले सोही दिन रोशनलाई बोलाएर छलफल गर्दा अब पतिपत्नी मिलेर बस्ने सहमतिपछि भएपछि पाँच दिनको तारिखमा घर पठाएको तर नागा तारिख लिन नआएको बरु एकै पटक निरुको हत्या भएको उजुरी आएपछि गरिफ्तार गरी अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।
शवको कात्तिक १३ गते काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुरमा पोष्ट मार्टम गरिएको थियो । मृतकको दाहासंस्कार कात्तिक १४ गते भयो ।
रमेश गिरी
सम्बन्धित समाचारहरू
सडकमा बस्दै आएकी बेसाहरा महिलालाई इन्सेकको पहलमा आश्रममा पठाइयो
बाणगङ्गा नगरपालिका–४ स्थित जीतपुर चौकमा बेसाहरा अवस्थामा सडकमा बस्दै आएकी अन्दाजी ३० वर्षीया एक महिलालाई इन्सेकको पहलमा असोज ७ गते मानव सेवा आश्रम, रुपन्देहीमा राखिएको छ । जितपुर चोकको दक्षिणतर्फको…
नेपालकै पहिलो बालमैत्री नगरका ३३ जना बालबालिकामा कुपोषणको समस्या
बालमैत्री नगर घोषणाका लागि ०६६ देखि योजना तय गरी ०७३ वैशाख ३१ गते नेपालकै पहिलो बालमैत्री नगरका रूपमा घोषणा गरिएको विराटनगरमा ३३ जना बालबालिकामा कुपोषणको समस्या पाइएको छ । विराटनगर…
हत्या घटनाका आरोपितविरूद्ध उजुरी
यशोधरा गाउँपालिका– १ की २२ वर्षीया नसिमा खातुनको हत्या गरेको आरोपमा मृतकका माइती पक्षले मृतकका पति २६ वर्षीय प्रवेज आलम मुसलमान र सासु ४५ वर्षीया साजमा खातुनविरूद्ध असोज ४ गते …
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…