पत्नी हत्या कसुरमा जन्मकैदको सजायको फैसला
सिलिचोङ गाउँपालिका स्थायी घर भइ खाँदबारी नगरपालिका-७ बस्दै आउनु भएकी २६ वर्षीया विना राईको हत्या गरेको कसुरमा जिल्ला अदालतले ३१ वर्षीय पति मङ्सिरे शेर्पालाई जन्मकैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश ध्रुवराज पाण्डेको ०८१ भदौ १७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै जन्मकैद सजायको फैसला गरेको हो ।
न्यायाधीश त्रिपाठीको सोही आदेशले कसुरदारबाट छोरीलाई १ लाख रुपियाँ क्षतिपूर्ति दिलाउने आदेश भएको अदालतका श्रेस्तेदार भरतमणि पोखरेल बताउनु भयो ।
घरायसी विवादका क्रममा शेर्पाले ०८० फागुन १८ गते विनालाई कुटपिट गरी हत्या गरेका थिए ।
माइती पक्षले ०८० फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए लगत्तै शेर्पा फरार भएका थिए ।
शेर्पालाई प्रहरीले फागुन २४ गते खाँदबारी नगरपालिका-७ स्थित वेलफर डाँडाबाट गिरफ्तार गरी जिल्ला अदालतमा ०८९ चैत ४ गते कर्तज्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
गिरफ्तारपछि ०८० फागुन २७ गते प्रहरीले पत्रकार सार्वजनिक गरी आरोपित शेर्पालाई सार्वजनिक गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको ०८० चैत ५ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थिए ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा ०८० फागुन १९ गते गरिएको थियो । पीडित पक्षले सोही दिन शव बुझी खाँदवारी नगरपालिका-१ मा सद्गत गरेको थियो ।
भविन कार्की
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आराेपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेका आरोपित औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहलाई ०८१ भदौ २३ गते घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ । असार १९ गते राती घर…
घाटमा पुर्याएको शव बरामद, पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइयो
दाङ जिल्ला घोराही उपहानगरपालिका–८ देउपुर घर भई दुई वर्षदेखि पालुङटार नगरपालिका–५ बेलटारस्थित जितबहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आउनु भएकी ५० वर्षीया कल्पना बुढा मगरको शव घाटबाट बरामद गरिएको छ…
जिल्ला प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा
जिल्ला प्रशासन कार्यालयले विराटनगरका पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोकदेखि जतुवा चोकसम्म, कोशी…
कैदीबन्दी भन्छन् - वर्षौँको चाहाना पुरा भयो !
गुल्मी कारागारमा पुस्तकालय स्थापना भएपछि कैदीबन्दी खुसी भएका छन् । इन्सेकसहितका सङ्घ संस्थाका अनुगमनमा कैदीबन्दीले प्रत्येक पटक पुस्तकालय र टिभीको माग गर्दै आएका थिए । कैदीबन्दीको वर्षौँदेखिको माग पुरा गर्न…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–३ का २३ वर्षीय रमेश चौधरी र २८ वर्षीय सुरेश चौधरीलाई ०८१ भदौ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…