पत्नी हत्या आरोपमा पति गिरफ्तार

सिरिजङ्घा गाँउपालिका–३ सिकैचाकी ३१ वर्षीया निशा राईको हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति लक्ष्मण राईलाई असार ५ गते गिरफ्तार गरेको छ ।

मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा असार ५ गते दाउराले हिर्काएर पत्नीको हत्या गरेको आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन लिम्बूले बताउनु भयो ।

आरोपितलाई प्रहरी चौकी, काँडेभञ्याङले घटनास्थलबाटै गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।


देवराज गुरुङ