पत्नी हत्या आरोपमा पति गिरफ्तार

  ०८० जेठ ३२ गते

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ की २८ वर्षीया सरीता राईको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति बालजीत राईलाई जेठ ३१ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा ०८० जेठ ३० गते खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा आरोपितलाई अनुसन्धानका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ स्थित डेराबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जील मुकारूङले बताउनु भयो ।

पत्नीको हत्यापछि आरोपितले लासलाई डेरा नजिकको जङ्गलमा लुकाइछिपाइ राखेको अवस्थामा जेठ ३१ गते लास फेला परेको थियो ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।


तारानाथ फुयल