पत्नी हत्या आरोपमा पति गिरफ्तार
सोलुखुम्बु, नेचासल्यान गाउँपालिका स्थायी घर भइ सिद्धिचरण नगरपालिका–११ सोब्रू बस्दै आएकी ३३ वर्षीया कल्पना खड्का राईको हत्या गरेको आरोपमा प्रहरीले ६१ वर्षीय पति रामबहादुर राईलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ ।
मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा कात्तिक १८ गते दाउराको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुकदेव खनालले बताउनु भयो ।
पत्नी हत्याका विषयमा स्थानीयले प्रहरीलाई कात्तिक १९ गते खबर गरेपछि आरोपितलाई घटनास्थलबाटै अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी खनालले बताउनु भयो । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा कात्तिक २० गते गरिएको छ ।
सोही दिन पीडित पक्षले शव बुझी सिद्धिचरण नगरपालिका–४ सिस्नेखोलामा सद्गत गरेको छ ।
सरस्वती बानिया
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…