पत्नी हत्या आरोपमा पति गिरफ्तार
धनकुटा नगरपालिका–४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको हत्या गरी घरभित्र खाडल खनी पुरेको आरोपमा प्रहरीले ५२ वर्षीय पति सिताराम भनिने सिताकुमार श्रेष्ठलाई माघ ९ गते ललितपुरबाट गिरफ्तार गरेको छ ।
३० वर्षीय अरूण श्रेष्ठले फूपु हराएको भन्दै पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले ५२ वर्षीय पति श्रेष्ठलाई खोजी गरिरहेको थियो ।
माघ ९ गते गिरफ्तारीमा परेका श्रेष्ठले पत्नीको हत्या गरी घरको भूँइतलामा खाल्डो खनी पुरेको बताएपछि माघ १० गते घटनास्थलबाट शव निकालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । शवको मुचुल्का उठाउँदा शरीरका विभिन्न भागमा चोट देखिएको डिएसपी कार्कीले बताउनु भयो ।
आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा माघ १० गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेको छ ।
शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान(घोपा) मा माघ १० गते गरिने तयारी भएको पीडित अरूण श्रेष्ठले बताउनु भएको छ ।
ईश्वर थापा
सम्बन्धित समाचारहरू
प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते
रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच जेठ १ गते झडप भएको छ । झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर,…
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६…
रुपनीमा गरिएको पुनः निर्वाचन शान्तिपूर्ण सम्पन्न
रुपनी गाउँपालिका–५ बसबिट्टीस्थित वडा कार्यालय भवनमा स्थगित भएको निर्वाचन जेठ २ गते कडा सुरक्षाकाबिच शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदानस्थलमा १ हजार ५ सय २३ मतदाता रहेकोमा १ हजार…