पत्नी हत्या आरोपमा पति गिरफ्तार

  ०८० माघ १६ गते

माङसेबुङ गाउँपालिका-२ पासाङकी ६२ वर्षीया हस्तश्वरी लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ६१ वर्षीय पति बालधोज लिम्बूलाई माघ १५ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले ०८० माघ १२ गते कुटपिट गरी घाइते हुनु भएकी पीडितको झापाको विर्तासिटी अस्पतालमा माघ १४ गते उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश जबेगुले बताउनु भयो ।

पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई माङसेबुङ गाउँपालिका-२ स्थित प्रहरी चौकी इभाङ्गले अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको इन्स्पेक्टर जबेगुले बताउनु भयो ।

पीडित पक्षले आरोपितविरूद्ध माघ १६ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको छ ।

शवको पोष्टमार्टम मेची अस्पतालमा माघ १५ गते गरिएको छ ।

पीडित पक्षले माघ १५ गते शव बुझी माङसेबुङ गाउँपालिका-२ पासाङमा सद्गत गरेको छ ।


मनोज अधिकारी